Breaking News.... EverestOnlineKhabar
June 27, 2026

चर्चामा आउन कांग्रेस सरकारबिरुद्ध लाग्यो : परराष्ट्र मन्त्री

Loading

भक्तपुर ।पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारबिरुद्ध कथाकथित अधिनायकवादको कृतिम हल्ला गरी भ्रम फैलाउने काम गरिरहेको आरोप लगाएका छन्। तातो चियाको बाफ उडे जस्तै कृतिम हल्ला गरेको टिप्पणी गर्दै मन्त्री ज्ञवालीले कांग्रेसका कृतिम हल्लाले सरकारलाई असर नपर्ने बताए।

रफत सञ्चार क्लबले आइतबार भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा उनले सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट्याउँदै देशमा शान्ति सुरक्षा कायम गर्न, शुसासनको प्रत्याभूति दिन र देशलाई सम्बृद्धितर्फ लैजान सरकार प्रतिबद्ध रहेको बताए।

प्रतिपक्षका रुपमा कांग्रेसले विरोधका लागि विरोध मात्रै गरेको टिप्पणी गर्दै उनले भने,‘सत्ताबाट बाहिरिनु परेको, पार्टी खुम्चेको पीडाले स–साना कुरामा पनि विरोध गरेर चर्चामा आउन खोजेको छ।’

उनले कांग्रेसलाई विरोधभन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.