Breaking News.... EverestOnlineKhabar
June 28, 2026

विश्वको पहिलो महिला शंकराचार्य पदलाई सरकारले बुझ्न सकेन : हेमानन्द गिरी

Loading

काठमाडौं । अखिल भारतीय विद्वत परिषद्, धर्म महामण्डल, वल्र्ड हिन्दु परिषद्ले प्रथम महिला जगतगुरु शंकराचार्य पद घोषणा गरिएकी हेमानन्द गिरीले आफ्नोबारे गलत प्रचार भैरहेकोमा आपत्ति जनाएकी छन्। शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर घोषित शंकराचार्य गिरीले केही गलत मानसिकता भएका कथा वाचकहरूले आफ्नोबारे नकारात्मक प्रचार गरेर आफ्नो बद्नाम गर्न खोजेको आरोप लगाइन्।

वेद, पुराण, भागवत गीता लगायतका धार्मिक ग्रन्थहरूले नारीहरूलाई शंकराचार्य नहुने भनेर कहीँ कतै नलेखेको दाबी गर्दै गिरीले भनिन्,‘मैले सनातन हिन्दु धर्मको उद्गमस्थल पशुपतिनाथमा शंकराचार्यको क्षत्री ओड्ने चाहना राखेको थिएँ, मेरो बारेमा गलत प्रचार गरेर सरकारलाईसमेत भम्रमा पार्न खोजियो, गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरको छ।’

आफ्नो बारेमा उठेका प्रश्नहरुका बारेमा राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरे पनि भेट सम्भव नभएको उनको गुनासो छ। उनले थपिन्,‘पर्यटनमन्त्रीलाई भेटेर आफ्ना कुराहरू राखें। उहाँले पनि प्रमाणपत्र माग्नुभयो तर कुनै जवाफ दिनुभएन, पशुपतिनाथको परिसरमा भदौ ८ गते शंकराचार्यको क्षत्री ओड्ने भनेर सुमार्गी भवन भाडामा लिएर कार्यक्रम गर्नुपर्छ भन्नेमा पुगियो तर त्यसलाई पनि प्रभावित पार्ने काम भयो।’

आफूले राष्ट्र र राष्ट्रियतालाई शिरमा राखेर सनातन हिन्दु राज्यबारेमा वकालत गर्दै आएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.