Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं ।बिमस्टेक शिखर सम्मेलनको तयारीका लागि सदस्य राष्ट्रको सचिवस्तरीय बैठक काठमाडौंमा  बसेको छ । भदौ १४ र १५ गते काठमामा आयोजना गर्न लागिएको शिखर सम्मेलनको तयारीका लागि राजधानीको होटल हायतमा सदस्य राष्ट्रका परराष्ट्र सचिवहरु सम्मलित तयारी बैठक बसेको हो।

यो बैठकले विमस्टेक शिखर बैठक हुने स्थान, समय परराष्टमन्त्रीस्तरीय बैठकका लागि एजेण्डा, मुल बैठकको एजेण्डाको प्रारम्भीक खाका, बैठकमा सहभागी हुने सदस्य राष्ट्रका प्रमुखहरुलाई दिईने रिट्रिडको स्थान लगायत अन्य व्यवस्थापकिय निर्णय गर्नेछ। सदस्य राष्ट्रका हैसियतले नेपालले बिमस्टेक शिखर सम्मेलन आयोजना गरेको हो ।

६ मुलुकका राष्ट्र वा सरकार प्रमुख, परराष्ट्रमन्त्री र सचिव प्रतिनिधिका रुपमा बैठकमा सहभागी हुन नेपाल आउनेछन् । प्रधानमन्त्रीको संयोजकत्वमा गठित राष्ट्रिय मूल समितिले मन्त्रालयगत विभिन्न समिति गठन गरी सडक मर्मत, सरसफाई लगायत काम गर्दै बैठकको तयारी व्यापक पारेको छ । दक्षिण पूर्वी एसियाली देशहरुको साझा संस्थाका रुपमा रहेको बिमस्टेक शिखर सम्मेलनमा भाग लिनका लागि भदौ ११ गते देखि विदेशी पाहुनाहरु काठमाण्डौ आउन सुरु हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.