Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौ,साउन ।
अबिरल वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । शान्तिनगर, बानेश्वर, बल्खु, टेकुका सुकुम्बासी बस्ती डुबानले बढी प्रभावित भएका छन् ।शान्तिनगरका १५–२० घर डुबानमा परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा विपत व्यवस्थापनको टोली परिचालन गरिएको छ । प्रहरीका अनुसार बल्खुको सुकुम्बारी बस्तीमा दुई–तीन घर डुबेका र पाँच–छ घर जोखिममा परेका छन् ।
यसैगरी,ललितपुरको सैंबु भैंसेपाटीस्थित बिगमार्ट सपिङ सेन्टरमा पनि पानी पसेको छ । स्थानीय प्रहरीको सहयोगमा सपिङ सेन्टरका सामानहरु सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए ।
ललितपुरको गोदावरी खोला किनारका केही क्षेत्र पनि डुबानको खतरा रहेकाले सतर्कता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार ललितपुरकै लाँकुरी भञ्ज्याङ, भट्टेडाँडालगायत क्षेत्रका सडकमा पहिरो झरेर बाटो अवरुद्ध छ ।
मौसम विज्ञान बिभाग अन्तर्गतको बाढी सूचना केन्द्रले दिएको जानकारी अनुसार बाग्मती–खोकना बाढी केन्द्रमा पानीको बहाव सतर्कता तह नजिक छ र यो बढ्दो क्रममा छ । त्यसैले काठमाडौं, ललितपुर र भक्तपुरका होचा भूभाग डुबानमा पर्न सक्ने भएकाले सतर्क रहन केन्द्रले अपिल गरेको छ ।
यसैगरी,काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमती लगायतमा पनि पानीको बहाव बढ्दो क्रममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.