![]()
भक्तपुर,साउन ।
काठमाडौं उपत्यकामा भएको अत्यधिक वर्षाले खोलाहरुमा आएको बाढी फेरि पनि भक्तपुरका बस्तीमा पस्ने खतरा रहेकाले सतर्कता अपनाइएको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिहान ७ बजेसम्म भक्तपुर डुबानमा परेको रिपोर्ट नआएको बताए । तर, सम्भावित अवस्थालाई मध्यनजर गरेर उच्च सतर्कता भने अपनाइएको उनले जानकारी दिए ।
उनले भनेः‘अहिलेसम्म डुबानको जानकारी आएको छैन तर हामी स्ट्याण्डबाई छौं ।’ भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी भक्तपुरमा पस्दा सल्लाघारी, श्रीजनानगर, राधेराधे, दुवाकोट लगायतका स्थान डुबानमा पर्ने गर्दछन् । यसअघि २८ असार र २० साउनमा भक्तपुर डुबानमा परेको थियो । बाढीले राधेराधे र सल्लाघारी जोड्ने पुलमा क्षति भएकाले मर्मत गरिएको थियो ।


