![]()
एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उत्कृष्ट १० गोल चयन गरेको छ।
फिफाको आधिकारिक वेभ पोर्टलमार्फत गरिएको भोटिङमा फ्रान्सका डिफेन्डर बेन्जामिन पभार्डले गरेको गोल उत्कृष्ट ठहर भयो। यस्तै कोलम्बियाका जुवान क्विनटेरोको गोल दोस्रो स्थानमा परेको भने क्रोएसियाका कप्तान लुका मोड्रिचले अर्जेन्टिनाविरुद्ध गरेको गोल तेस्रो उत्कृष्ट गोल चुनियो।
उत्कृष्ट १० गोल भित्र स्टार खेलाडीद्वय लियोनल मेसी र क्रिस्टायानो रोनाल्डोले गरेको गोल पनि परेको छ।


