Breaking News.... EverestOnlineKhabar
June 28, 2026

चित्त दुखाउँदै जर्मन मिडफिल्डर मेसुज ओजिलद्वारा सन्यास घोषणा

Loading

एजेन्सी। जर्मन मिडफिल्डर मेसुज ओजिलले अन्तर्राष्ट्रिय खेलबाट संन्यासको घोषणा गरेका छन्। २९ वर्षीय ओजिलले जर्मन फुटबल एसोसिएसनलाई संन्यास लिने जानकारी गराएका हुन्। २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताबाट जर्मनी समूह चरणबाट बाहिरिदा आफुलाई दोष लगाएको पनि ओजिलले दाबी गरेका छन्। उनले जर्मन फुटबल संघका कारण संन्यास लिन बाध्य भएको समेत बताएका छन्।

यसअघि टर्कीका राष्ट्रपति रेसेप टेयिपसँग लन्डनमा आयोजित एक कार्यक्रममा उनले सँगै फोटो खिँचाएका थिए। फोटो खिँचाएपछि ओजिलको चर्को आलोचना भएको थियो। ओजिलको फोटो सार्वजनिक भएपछि धेरै राजनीतिज्ञले प्रश्च समेत उठाएका थिए।

 उनले सबैसँग फोटो खिच्न र सबैको सम्मान गर्ने अधिकार भएको भन्दै स्पष्टिकरण दिएका थिए। फोटोको विषयमा धेरे मेल आएको ओजिलले बताए। ओजिलले आफ्नो परिवारलाई सामाजिक संजाल र फोनमार्फत धम्की आएको समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.