Breaking News.... EverestOnlineKhabar
June 28, 2026

प्रस्तावित प्रधानन्यायाधीश जोशीमाथि साउन १० गते सुनुवाई हुने

Loading

काठमाडौँ  ।प्रधान्यायाधीशमा सिफारिस गरिएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको आउँदो बिहीबार अर्थात साउन १० गते संसदीय सुनुवाई हुने भएको छ । समितिको सोमबार बसेको बैठकले सुनुवाईको मिति तय गरेको हो ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका जोशी विरुद्ध पाँचवटा उजुरी दर्ता भएका छन् । उनीविरुद्ध उजुरी दिनेहरुलाई मंगलबार छलफलका लागि बोलाइएको  समितिले जनाएको छ । कार्यसम्पादनका क्रममा जोशीले कार्यक्षमताको अभाव देखाएको भन्दै उजुरी परेका छन् ।

प्रधानन्याधीशका लागि गएको चैत १३ गते न्यायपरिषद्ले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषदमा पठाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.