![]()
काठमाडौँ ।प्रधान्यायाधीशमा सिफारिस गरिएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको आउँदो बिहीबार अर्थात साउन १० गते संसदीय सुनुवाई हुने भएको छ । समितिको सोमबार बसेको बैठकले सुनुवाईको मिति तय गरेको हो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका जोशी विरुद्ध पाँचवटा उजुरी दर्ता भएका छन् । उनीविरुद्ध उजुरी दिनेहरुलाई मंगलबार छलफलका लागि बोलाइएको समितिले जनाएको छ । कार्यसम्पादनका क्रममा जोशीले कार्यक्षमताको अभाव देखाएको भन्दै उजुरी परेका छन् ।
प्रधानन्याधीशका लागि गएको चैत १३ गते न्यायपरिषद्ले दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषदमा पठाएको थियो ।


