![]()
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस सिद्धिएको घोषणा गरेका छन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एजेण्डविहीन कांग्रेस गोविन्द केसीलाई बोक्न थालेपछि समाप्तीको दिशातर्फ गएको तर्क गरे ।
उनले भने,‘ ‘हामी डा केसीसँग वार्ता गर्न तयार छौँ । तर, नेपाली काँग्रेसले खोजेको चाहिँ के हो ? काँग्रेस केसीको पुच्छर समातेर संघीय लाकतान्त्रिक गणतन्त्रमाथि काँग्रेसले के गर्न खोजेको हो ? के काँग्रेसले गोविन्द्र केसीमाथि राजनीतिक गर्न खोजेको हो । ?’
प्रचण्डले डा.केसी प्रकरणमा काँग्रेसले लिएको पोजिसनतर्फ हमला गर्दै भने, ‘के काँग्रेस अलोकतान्त्रिक भएको हो । के काँग्रेस एजेन्डाविहीन भएको हो ? गोविन्द केसीको माग पुरा गर भनेर सम्पूर्ण तोडफोडमा उत्रनु भनेको मेरो दृष्टिमा अब काँग्रेस सिद्धियो । काँग्रेसको अवसानको बाटो शुरु भयो ।’
प्रचण्डले डा.केसीको माग पुरा गर्ने विषयमा आफु, प्रधानमन्त्री र काँग्रेस सभापति शेरबहादुर देउवावीच कुरा भएको र यस्तो भेटमा देउवाले काँग्रेसको छुट्टै माग नरहेको र केसीले माने काँग्रेसले स्वीकार गर्ने जवाफ दिएको बताए ।
प्रचण्डले लगातारको अनशनमा पनि असन्तुष्टि जनाए । ‘एउटा व्यक्ति माग राखेर अनसनमै बस्ने हो भने चुनाव किन चाहियो ? संसद किन चाहियो ? चुनाव किन गर्ने ? पालैपालो एकजनालाई अनशनमा राखौँ । माग पुरा गरौँ ।’


