Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । बलिउडको चर्चित ‘जी सिने अवार्ड’ यस वर्ष नेपालमा आयोजना हुने भएको छ । आउँदो नोभेम्बर २२ देखि डिसेम्बर ८ को बीचमा अवार्ड आयोजना हुने भनिएको अवार्डमा बलिउड सेलिब्रिटीका साथै नेपाली सेलिब्रिटी पनि सहभागी हुनेछन् ।

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा दुई कलाकारहरु राजेश हमाल र दिनेश डिसीलाई सामेल गरिएको थियो । सो भ्रमणका क्रममा जी टिभीका मालिक तथा भारतीय राज्य सभा सदस्य डा. सुभाश चन्द्रले नेपालमा ज ििसने अवार्ड आयेाजना गर्ने इच्छा नेपाली कलाकारहरुमार्फत प्रधानमन्त्रीमा पुर्‍याएका थिए । प्रधानमन्त्री ओली तत्काल यसमा सकारात्मक बनेका थिए ।

साथै प्रधानमन्त्रीकै इच्छा बमोजिम अवार्ड समारोह भन्दा अगाडि ‘हिमालयन कन्क्लेभ’ पनि आयोजना गरिने भएको छ । पर्यटन तथा संस्कृति मन्त्रालयको आयोजनामा हुने हिमालयन कन्क्लेभमा नेपाल, भारत, बंगलादेश लगायतका कलाकर्मीहरुको उपस्थिति रहने छ । एक दिवसीय कन्क्लेभको भोलीपल्ट घोषणापत्र जारी गरिने तथा त्यसको भोलीपल्ट अवार्ड शो आयोजना हुने कार्यक्रमको संयोजन गर्ने अनौपचारिक जिम्मेवारी पाएका दिनेश डिसीले बताए ।

विश्वका विभिन्न देशहरुमा आयोजना हुने गरेको अवार्ड नेपालमा गर्दा नेपालको पर्यटन प्रवर्द्धन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । अवार्डमा भारतका चर्चित सेलिबि्रटीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.