Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं।  न्याय, कानून तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली चेलीको विषयमा बोलेका शब्दप्रति माफी मागेका छन्।

मन्त्री तामाङले आइतबार विज्ञप्ती जारी गर्दै बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली चेलीको अवस्था दर्दनाक रहेको भन्ने सूचना मात्र सार्वजनिक गरेको तथा त्यसको विकल्प नेपालमै चिकित्सा विषय अध्ययन गर्नु नै प्रमुख रहेको बताएको उल्लेख गरेका छन् ।

उनले विज्ञप्तीमार्फत् विदेशमा नेपाली विद्यार्थीहरूले त्यस्ता समस्या भोग्ने दिनको अन्त्य हुनुपर्छ भन्ने आशयले आफ्नो धारणा सार्वजनिक गरेको बताएका छन्।

मन्त्री तामाङले ४ साउनमा प्राक्सिस इन्टरनेसनल एकेडेमी विद्यालयले एसईई परीक्षाका उत्तीर्ण विद्यार्थीको बिदाई कार्यक्रममा बोल्दै ‘देशबाहिर अध्ययन गर्न जाने नेपाली चेलीले आफ्नो शरीर प्राध्यापकलाई नसुम्पिर्इ प्रमाणपत्र पाउँदैनन्’भनेका थिए।

मन्त्रीको यस्तो अभिव्यक्ति आएपछि चौतर्फी विरोध भएको थियो। चारैतिर विरोध हुनथालेपछि सचिवालयबाट विज्ञप्ती जारी गर्दे मन्त्री तामाङले आफू सधैं महिलाहरूको आत्मसम्मान, हिंसामुक्त समाज र नारी अश्मिताको रक्षामा प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.