Breaking News.... EverestOnlineKhabar
June 26, 2026

रणबिर कपुरमाथि भाडामा बसेकी युवतीद्वारा मुद्दा दायर

Loading

एजेन्सी । अभिनेता रणवीर कपूर विरुद्ध उनको अर्पाटमेन्टमा भाडामा बसेकी एक महिलाले मुद्दा दायर गरेकी छन् । पुणेमा रहेको रणवीरको अपार्टमेन्टमा भाडामा बसेकी महिला शीतल सूर्यवंशीले रणवीर विरुद्ध ५० लाख क्षतिपूर्ति माग गर्दै मुद्धा दायर गरेकी हुन् ।

अपार्टमेन्टका बस्ने बेलामा भएको सम्झौता रणवीरले अस्वीकार गरेको लगाइएको छ । सूर्यवंशीका अनुसार सम्झौता अवधिभन्दा अघि नै घर खाली गर्न भनेको, आफ्ना धेरै सामान क्षति भएको र परिवासले असुविधा भोग्नु परेको छ । यो मुद्दा पुणेको अदालतमा दर्ता भएको छ ।

रणवीरले आफूलाई सन् २०१७ को अगस्टमा घर छोड्न भनिएको र आफूहरुले अक्टोबरमा छोडेको ती महिलाले उल्लेख गरेकी छन् । आफूहरुले ११ महिनामै घर छोड्न बाध्य भएको महिलाले बताएकी छन् ।

रणवीरले भने सबै आरोप अस्वीकार गरेका छन् । महिलाले आफ्नै इच्छाले घर खाली गरेको र उनलाई तीन महिनाको भाडा पनि फिर्ता गरेको रणवीरले बताएका छन् । मुद्दाको सुनुवाई आउँदो अगस्टमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.