![]()
एजेन्सी,साउन ।
कागजमा इजरायल चीन धेरै राम्रा व्यापारिक साझेदार देखिँदैनन् । विश्वको सबैभन्दा दोस्रो ठूलो देश चीन सबैभन्दा ठूलो निर्यातकर्ता देश हो भने मध्य पूर्वमा द्वीपमा अवस्थित इजरायल निर्यातको मामिलामा विश्वभरीमा ४५ औं स्थानमा पर्दछ ।
विशेष गरी इजरायल सधै अमेरिकाको एक वफादार साझेदारका रुपमा रहँदे आएको देश पनि हो । यो दृष्टिकोणबाट अमेरिका र चीनबीच व्यापारिक झगडा हेर्दा इजरायल अमेरिकाको पक्षमा रहने सहजै अनुमान लगाउन सकिन्छ । तर इजरायलमा चीनियाँ लगानी बढ्दै गएको र इजरायली कम्पनीहरु चीनियाँ बजारमा विस्तार भइरहेको बारेमा धेरैलाई जानकारी नहुन सक्छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चिनियाँ निर्यातमा कर वृद्धि गरिरहेका बेला इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहु खुशी–खुशी आफ्नो देशका कम्पनीहरुलाई चीनियाँ लगानी स्वीकार गराउन प्रोत्साहित गरिरहेका छन् ।
साउथ चाइन मर्निङ पोस्ट अखबारका अनुसार सन् २०१६ मा चीनको लगानी तीन गुणा बढेर १६ अर्ब डलर पुगेको थियो । यसै दौरान जेरुशलम पोस्टले इजरायलमा विदेशी लगानीको मामिलामा चीनले चाँडै अमेरिकालाई पछाडि पार्ने अनुमान गरेको छ ।


