Breaking News.... EverestOnlineKhabar
June 26, 2026

एसियन गेम्सको ‘ड्र’ फेरि हुने….?

Loading

काठमाडौ,साउन ।
एसियाली खेलकुद अन्गर्तगत पुरुषतर्फको फुटबल प्रतियोगिताको ‘ड्र’ फेरि सार्वजनिक हुने भएको छ । सिरिया र प्यालेष्टाईनलाई एसियन गेम्समा सहभागि गराउनु पर्ने भएकाले ‘ड्र’ फेरी गरिने भएको हो । इन्डोनेसियाको जाकार्तामा आगामी महिनामा हुने प्रतियोगिताको पुरुष फुटबलको स्पर्धा अगष्ट १४ बाट सेप्टेम्बर १ मा हुदैछ ।
एसियन कपको यसअघि सार्वजनीक गरिएको ‘ड्र’ अनुसार नेपाल समुह ‘डी’ मा रहेको थियो । नेपाल रहेको समुहमा जापान सहित भियतनाम र पाकिस्तान परेका थिए । प्रतियोगिताका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा यसअघि नै गरिएको छ । नेपाली फुटबल टिम दक्षिण एसियाली खेलकुद प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्यका साथ कडा अभ्यास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.