Breaking News.... EverestOnlineKhabar
July 10, 2026

Loading

बीबीसी । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले हमास लडाकु समूहविरुद्ध गाजामा सन् २०१४ को युद्धयताकै सबैभन्दा ठूलो हमला गरिएको बताएका छन्। इजरेलमा रकेटहरू प्रहार गरिएपछि जवाफी आक्रमण गरिएको बताउँदै उनले आवश्यक परे थप कारबाही गरिने उल्लेख गरे। तर प्यालेस्टिनीहरूले एउटा युद्धविराम सहमति गरिएको बताएका छन्।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले गाजा शहरमा गरिएको एउटा हवाई आक्रमणबाट दुईजनाको मृत्यु भएको र १२ जना घाइते भएको बताएका छन्। इजरेलमा प्रहार गरिएका ९० भन्दा बढी रकेटमध्ये एउटाबाट तीनजना इजरेली घाइते भएका छन्।

इजरेली प्रतिरक्षा बल (आइडीएफ) ले बेत लाहियास्थित एउटा बटालियन मुख्यालय, उत्तरी गाजास्थित एउटा प्रशिक्षण केन्द्र र अस्त्र भण्डारण लगायत हमास समूहका अखडाहरूलाई निशाना बनाइएको जनाएको छ। एउटा भिडिओ वक्तव्यमा नेतन्याहुले भनेका छन्, “रक्षामन्त्री, प्रधान सेनापति र उच्च सुरक्षा अधिकारीहरूसँगको परामर्शपछि हामीले हमासको आतंकवादविरुद्ध कडा कदम चाल्ने निर्णय गरेका छौँ।”

सन् २०१४ को द्वन्द्वतर्फ इंगित गर्दै उनले थपे, “आइडीएफले अपरेशन प्रोटेक्टिभ एड्जयताकै हमासविरुद्ध ठूलो हमला गरेको छ र आवश्यक परे हामीले हाम्रो आक्रमणको क्षमता थप बढाउनेछौँ।”

यद्यपि ‘इजिप्ट र अन्तर्राष्ट्रिय समुदायको प्रयत्नमा’ अहिले एउटा युद्धविराम सम्झौता भइसकेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्। इजरेलले त्यसबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन।

इजरेली हवाई हमलाले गाजास्थित एउटा खाली भवनलाई निशाना बनाउँदा बटुवाहरू मारिएको प्रत्यक्षदर्शीहरूले समाचार संस्था रोयटर्सलाई बताए। गाजाबाट दर्जनौँ रकेटहरू इजरेलमाथि प्रहार गरिएको आइडीएफले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed