Breaking News.... EverestOnlineKhabar
July 10, 2026

ट्रम्पले ब्रिटेनलाई दिए इयुविरुद्ध मुद्दा हाल्ने सुझाव

Loading

बीबीसी । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले ब्रेक्जिटको सम्बन्धमा कुराकानी गर्नुभन्दा युरोपेली संघमाथि मुद्दा हाल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई सुझाव दिएको बताएकी छन्।

शुक्रवार प्रधानमन्त्री मे र राष्ट्रपति ट्रम्पले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनका बेला अमेरिकी राष्ट्रपतिले आफूले प्रधानमन्त्री मेलाई ब्रेक्जिटबारे एउटा ‘सल्लाह’ दिएको तर त्यो शायद उनको निम्ति कठिन हुने उल्लेख गरेका थिए।  त्यो सल्लाह के थियो भन्ने प्रश्नमा प्रधानमन्त्री मेले भनिन्, “उनले मलाई इयुविरुद्ध मुद्दा हाल्न सुझाव दिए नकि कुराकानी गर्न।”

तर प्रधानमन्त्री मेले सोही पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले ब्रिटेन र इयुबीच जारी कुराकानी नत्याग्न पनि भनेको औंल्याइन्। ब्रेक्जिटबारे आफ्ना प्रस्तावको प्रधानमन्त्री मेले बचाउ गरेकी छन्। उक्त प्रस्तावले इयुसँग खासगरी वस्तु व्यापारमा निकट सम्बन्ध राख्ने पक्षमा वकालत गर्छ।

यही प्रस्तावका कारण प्रधानमन्त्री मेको क्याबिनेटका दुई वरिष्ठ मन्त्रीले राजीनामा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed