Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बीबीसी । जर्मनीबाट प्राप्त खबरहरूमा त्यहाँका आन्तरिक मामिला मन्त्री होर्ष्ट जो-होफरले चान्सलर एंगेला मर्केलसँग आप्रवासन नीतिका विषयमा असहमति भएपछि राजीनामा दिने प्रस्ताव गरेको उल्लेख गरिएका छन्। सत्तारुढ गठबन्धनको बैठकमा उनले यस्तो धारणा राखेको बताइएको छ। उनले शरण खोज्दै आउने मानिसहरूविरुद्ध कडा नीति अख्तियार गरिनुपर्ने मत राख्दै आएका छन्।

यसै हप्ता युरोपेली संघले गरेको आप्रवासनबारेको सहमतिप्रति पनि उनी असन्तुष्ट रहेका विवरण आएका थिए।  मन्त्री हर्ष्ट जो-होफर मर्केल गठबन्धनमा आबद्ध सीएसयुका एक प्रमुख नेता हुन्। मर्केलले आप्रवासनबारेका लिएका नीतिहरूका कारण उनी थप आक्रोशित बनिरहेको जनाइएको छ। यो विवादले मर्केलको कमजोर गठबन्धन सरकारको भविष्यलाई लिएर प्रश्नहरू उठिरहेका छन्। उनका आन्तरिक मामिला मन्त्री तथा उनको बभेरियन दलका नेताले राजीनामा दिने इच्छा व्यक्त गरेका विवरण आएका छन्।

जर्मन चान्सलरलाई उनकै दलबाट भने समर्थन रहेको छ। तर त्यो मात्र उनी खुशी हुन पर्याप्त छैन। हर्ष्ट जो होफरको दल एकपक्षीय रुपमा जर्मन सीमाबाट आप्रवासीहरूलाई फिर्ता पठाइनुपर्ने पक्षमा रहेको छ। आइतवार लामो समय चलेको बैठकमा सीएसयुले मर्केलले राखेको अघिल्लो हप्ता युरोपेली संघले अनुमोदन गरेको आप्रवसानसम्बन्धी प्रस्ताव अस्वीकार गरेको जस्तो देखिन्छ।

उक्त सहमति जुटाउन मर्केलले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् र उनले ग्रीस र स्पेनले अष्ट्रिया बभेरिया सीमामा रोकिएका अप्रवासीलाई लैजाने सहमति गरेको बताएकी छिन्। सीएसयु नेतृत्वले आन्तरिक मामिला मन्त्रीलाई राजीनामा नदिन मनाउन खोजिरहेको बताइन्छ। तर उनले आफ्नो राजीनामा फिर्ता लिएपनि मर्केलविरुद्ध चुनौती र असन्तुष्टिहरू कायम रहनेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.