Breaking News.... EverestOnlineKhabar
April 29, 2026

भावुक हुँदै प्रधानमन्त्रीले भनेः‘राप्रपाले धोका दियो’

Loading

काठमाडौ,बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाले राप्रपाले धोका दिएका कारण संविधान संशोधन अगाडी बढ्न नसकेको बताएका छन् । अब संविधान संशोधनको जिम्मेवारी कांग्रेस सभापति एवम् भावी प्रधानमन्त्री शेरबहादुर देउवाको काँधमा पुगेको छ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टीका नेताहरूसँग आफ्नो कार्यकालमा संविधान संशोधन गर्न नसकिएकोमा दुःख व्यक्त गर्दै राप्रपाले धोका दिएको आरोप लगाए।
आफ्नो कार्यकाल सकिनै लागेपछि बुधबार अबेर रातिसम्म प्रधानमन्त्री दाहालले राजपाका ४ जना नेतासँग छलफल गरेका थिए। दाहालले सबैभन्दा पहिले राजपाको सहयोग मागेका थिए। सरकार परिवर्तनको करिब १० दिन बाँकी रहँदासम्म सरकार ढल्नसक्ने चिन्ताले प्रधानमन्त्रीलाई सताएको रहेछ। प्रधानमन्त्रीले जेठ पहिलो सातासम्म आफूलाई टिकाइराख्न राजपाको सहयोग मागेका हुन्।
छलफलमा प्रधानमन्त्री दाहालले भनेः‘ संविधान संशोधनका लागि मैले हरसम्भव प्रयास गरेको हुँ। अहिले पनि प्रयासरत छु। जाँदा जाँदै पनि संविधान संशोधन मेरै कार्यकालमा होस् भन्ने चाहेको छु। तर परिस्थितिले साथ दिएको छैन।’
राप्रपाका नेताहरूले संशोधनमा धोका दिएको भन्दै दाहालले भनेः‘तपाईहरूले चाहनुहुन्छ भने म संशोधन पेश गर्न सक्छु तर पारित हुने विश्वास दिलाउन सक्दिन । त्यसकारण अहिले उचित परिस्थितिको खोजिमा छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed