![]()
काठमाडौं । पटकपटक अनसन बसेर चर्चामा आएका डा. गोविन्द केसीले सरकारलाई पुनः चेतावनी दिएका छन । मुखमा टेप लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्दै डा.केसीले माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको विरोधमा बिरोध गरे ।
डा. केसीले एउटा हातमा ‘नागरिक स्वतन्त्रता खोस्न दिदैनौं । निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं’ र अर्को हातमा ‘म रैती होइन, सार्वभौम नागरिक हुँ’ भन्ने प्ले कार्ड बोकेका थिए ।
आफूहरुको आन्दोलनको बलमा लोकमान सिंह कार्की, गोपाल पराजुलीहरु ढलेको तर, उनीहरु त पात्र मात्र भएको बताए । मुख्य पात्र दलका नेताहरु भएको उनको दाबी छ ।
डा. केसीले भने, ‘म ओलीजीलाई भन्छु, हामी आवाज बुलन्द गर्छौं, यहीबाट लड्छौं । कसरी रोक्दा रहेछौं हेरौं ।’


