Breaking News.... EverestOnlineKhabar
June 28, 2026

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ५० मिनेट ऐतिहासिक भेटवार्ता

Loading

एजेन्सी,जेठ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो । वार्तास्थलमा पुगेलगत्तै दुवै नेताहरुले हात मिलाएका थिए । यो भेटवार्ता ५० मिनेट चलेको थियो । भेटवार्तामा दोभाषेको पनि व्यवस्था गरिएको थियो ।
भेटवार्तापछि ट्रम्पले छलफल निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्ः‘हामी दुईबीच राम्रो सम्वन्ध छ । म र किम मिलेर ठूला समस्याको समाधान निकाल्ने छौं । हामी मिलेर काम गर्ने छौं । हामीले हरतरहले उत्तर कोरियाको ध्यान राख्नेछौं । म यो वार्ताबाट निकै आश्वस्त छु । हामीलाई सफलता मिल्ने छ र हाम्रो सम्बन्ध पनि शानदार रहने छ ।’
अन्तर्राष्ट्रिय समाचार ऐजेन्सीका अनुसार किम र ट्रम्पबीच बन्द कोठाभित्र करिब ५० मिनेट वार्ता भएको छ । वार्तामा दुवै पक्षबाट दोभाषेको व्यवस्था गरिएको थियो ।
वार्तामा अमेरिकाको तर्फबाट विदेश मन्त्री माइक पोम्पियो र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन पनि थिए । तर, उत्तर कोरियाको तर्फबाट वार्तामा अरु को–को थिए भन्ने खुलेको छैन ।
वार्ता सुरु हुनुअघि दुवैले हात मिलाएर एकअर्कालाई स्वागत गरेका थिए । त्यसलगत्तै पत्रकारहरुलाई प्रतिक्रिया दिँदै किमले भनेका थिएः‘यहाँसम्म आउन सहज थिएन । हाम्रा पुराना मान्यताहरुले रोकेका थिए तर हामीले त्यसलाई तोड्यौं र आज हामी यहाँ छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.