Breaking News.... EverestOnlineKhabar
June 28, 2026

युवा नेता गगन र प्रदीपसंगै एउटै मञ्चमा पौडेल, सिटौला, सिंह र केसी : ओली र देउवामाथि प्रहारै प्रहार

Loading

काठमाडौ । नेपाली कांग्रेसमा आन्तरिक एकता कायम गर्ने प्रयास पुनः असफल सिद्ध भएको छ । निर्वाचनमा पराजय र कम्युनिष्ट पार्टीको एकतापछि झिनामसिना बिषय बिर्षिएर अब एकबद्ध भएर जाने कांग्रेस नेताहरुको भनाई बोलीमा मात्र सिमित भएको छ ।

आन्तरिक रुपमा पार्टीमा भावनात्मक एकताको प्रयास भैरहेको दाबी सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा झूठो सावित भयो ।
नेविसंघको ब्यानरमा भएको कार्यक्रममा कांग्रेसकातर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुमात्र सहभागि थिए । यस्तै, आयोजक नेबिसंघ भनिएपनि महामन्त्री कुन्दन काफ्लेको समूह मात्र देखिन्थ्यो ।

समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह र कृष्ण सिटौला, नेता अर्जुननरसिंह केसी, गगन थापा र प्रदीप पौडेल लगायतले आफनै पार्टीका सभापति शेरबहादुर देउवाको कटु आलोचना गरे । उनीहरुले सभापति देउवाले पार्टीमा अधिनायकवाद लाद्न खोजेको भन्दै त्यसको प्रतिकारका लागि मोर्चाबन्दी गर्नुपरेको बताए ।

‘कम्युनिष्टहरुको सरकार बनेपछि मुलुक अधिनायकवादतर्फ गएको भनेर कांग्रेसले भनिरहेका बेला हाम्रो पार्टीमै पनि त्यस्तो खतरा देखिन थाल्यो, त्यसैले अब एकजुट हुनुको विकल्प छैन र काङ्ग्रेसलाई कुनैपनि किसिमको अधिनायकवाद शैह्य हुँदैन’ नेता पौडेलले भने,‘युवा विद्यार्थीहरुलाई अधिनायकवादको म डटेर सामना गर्न आग्रह गर्छु ।’

त्यस्तै अर्का नेता प्रकाशमान सिंहले सभापति देउवाले पार्टी्भित्रै कमीकमजोरी भए भनेर नेताहरुले बोल्न खोज्दा समेत प्रतिवन्ध लगाउन खोजिएको भन्दै सभापति देउवाको चर्को अलोचना गरे ।

अर्का नेता कृष्णप्रसाद सिटौलाले विगतका कमिकमजोरी सच्याउँदै मिलेर जान आफू तयार रहेको बताए । ‘काङग्रेसामु ठूलठूला चुनौती छन् अब मिल्नुको विकल्प छैन’, सिटौलाले अब आफू पौडेलसँगै मिलेर जान तयार रहेको बताए ।

कार्यक्रममा नेता अर्जुननरसिंह केसीले एकताबद्ध भएर अघि बढेमात्रै काङ्ग्रेसले आफ्नो पहिचान जोगाउन सक्ने बताए । उनले बिगतको समीक्षा, आन्तरिक एकता, भविश्यको योजना र स्पष्ट एजेण्डाकासाथ अघि बढन सके पाँच बर्षपछि कांग्रेस पुरानै अवस्थामा फर्किने दाबी गरे ।

नेता केसीले प्रधानमन्त्री केपी ओली शक्ति केन्द्रीकृत गरी अधिनायकवाद शैलीमा अघि बढिरहेकाले लोकतन्त्र संकटमा पर्न सक्नेतर्फ सचेत गराए ।

कार्यक्रममा नेता गगन थापाले सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीबाट लोकतन्त्रमाथि खतरा रहेको धारणा राखे । उनले लोकतन्त्र पूर्वराजा ज्ञानेन्द्र शाह र नेत्रविक्रम चन्दबाट नभइ सरकारको नेतृत्व गरिरहेको दलबाट रहेको दाबी गरे ।

अर्का नेता नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेसलाई पेलेर जाने नीतिमा रहेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.