![]()
झापा,२१ बैशाख ।
जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेकी एक कैदी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरमपुर–४ निवासी २० वर्षीया सरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अपहरण तथा शरीरबन्धक मुद्दामा २०७१ फागुन १८ गतेदेखि उनी कारगारमा रहेकी थिइन् । उनलाई जिल्ला अदालत झापाले ८ वर्षको कैद फैसला गरेको थियो । सोहीबमाजिम उनले कारागारमा कैद भुक्तान गरिरहेको प्रहरीले जनाएको छ । पाठेघरसम्बन्धी समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले बताए । उनकाअनुसार तामाङको उपचारकैक्रममा मंगलबार अस्पतालमा नै मृत्यु भएको थियो ।


