Breaking News.... EverestOnlineKhabar
April 28, 2026

ढल निकासीका लागि पाइप बिछ्याउने काम अन्तिम चरणमा

Loading

काठमाडौ,२१ बैशाख ।
बाग्मती नदीको दुवैतर्फ ढल निकासका लागि पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बाग्मतीको दुवैतर्फी ढल बिछ्याउने काम अन्तिम चरणमा पुगेको जनाएको हो ।
गोकर्णबाट बल्खुसम्मको दुवैतिर २८ किलोमिटर मध्ये साढे २७ किलोमिटर किनारामा ढल बिछ्याइसकेको समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिए । ढल सञ्चालनमा आएपछि बाग्मतीमा ढलका कारण हुने प्रदुषण हट्ने उनले बनाए ।
समितिले अहिले पनि ढलको पानी प्रशोधन गरेर मात्र नदीमा पठाइरहेको छ । आयोजना प्रमुख सिंहका अनुसार गुहेश्वरीमा रहेको प्रशोधन केन्द्रमा दैनिक १ करोड ६० लाख लिटर पानी प्रशोधन गरेर मात्र नदीमा पठाइरहेको छ ।
गुहेश्वरीमै उत्ति नै क्षमताको प्रशोधन केन्द्र पनि निर्माण भईरहेको र यो डेढ वर्षभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ । समितिले धोवीखोला र विष्णुमतिमा समेत ढल बिछ्याउने काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed