![]()
काठमाडौं । सुन तस्करीको प्रकरणमा मुख्य अभियुक्त मानिएका राजेन्द्र कुमार शाक्यको सुन पसल ‘आर.के. ज्वेलर्स’ मा प्रहरीले छापा मारेको छ। सरकारले गठन गरेको छानबिन समितिले सोमबार दिउँसो छापा मारेको हो।
पसलबाट ठूलो परिमाणमा सुन बरामद गरेको जनाइएको छ । ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् ।
समितिले शुक्रबार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा प्रहरीले छापा मारेको थियो।


