Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । विश्वका प्रमुख छ औद्योगिक राष्ट्रहरुको समूका ‘जी सेभेन’को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देखाएको रिसलाई फ्रान्सले कडा शब्दमा निन्दा गरेको छ।

क्यानडामा आयोजना भएको जी सेभेन शिखर सम्मेलन कटुतापूर्ण रूपमा समापन भएपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले अमेरिकी राष्ट्रपतिको निन्दा गरेको बिबिसीले उल्लेख गरेको छ।

जी सेभेनको शिखर सम्मेलनलाई बीचमै छोडेर उत्तर कोरियाली नेता किम जोङ–उनसँग शिखर बैठक गर्न सिंगापुर हिँडेका ट्रम्पले विमानबाटै क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रुडो धूर्त र कमजोर भएको आरोप लगाउँदै सम्मेलनपछि जारी गरिने संयुक्त विज्ञप्तिप्रति आफ्नो असहमति रहने बताएका थिए।

क्यानडा सम्मेलनपछि अमेरिका र उसका गठबन्धन राष्ट्रबीच पछिल्लो समय देखिएको व्यापारसम्बन्धी विवादलाई समाधान गर्ने अपेक्षा गरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले सम्मेलनको निष्कर्षसहितको संयुक्त विज्ञप्तिलाई स्वीकार नगर्ने बताए पनि फ्रान्सेली राष्ट्रपति म्याक्रोंको कार्यालयले भने निष्कर्ष र संयुक्त विज्ञप्ति दुवैलाई स्वीकार गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.