Breaking News.... EverestOnlineKhabar
June 28, 2026

उत्तर कोरियाद्वारा ट्रम्पसंगको वार्ताका लागि कार्यसूची तय

Loading

बीबीसी । उत्तर कोरियाले आफ्ना नेता किम जङ-अनले  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको भेटमा “स्थायी शान्ति स्थापना संयन्त्र”का विषयमा छलफल गर्ने   जनाएको छ।

किम र ट्रम्प बहुप्रतीक्षित एवं ऐतिहासिक भेटवार्ताको तयारीका लागि सिंगापुर पुगिसकेका छन्। उत्तर कोरियाको केसीएनए समाचार संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा दुई नेताले “स्थायी र दिगो शान्ति स्थापना गर्ने संयन्त्र”का विषयमा छलफल गर्ने भनिएको छ।

दुई पक्षबीच कोरियाली प्रायद्वीपमा “परमाणु अस्त्र निश्शस्त्रीकरण” र “आपसी हित”का विषयमा छलफल हुने भनिएको छ। विज्ञप्तिमा भनिएको छ “अब एउटा परिवर्तित युग शुरू भएको छ।”

किमले विश्वले आफूहरूलाई नजिकबाट नियालिरहेको बताएका छन् भने ट्रम्पले शिखर बैठकप्रति आफूलाई सुखद अनुभूति भइरहेको बताएका छन्।

दुवै नेता फरक होटलमा बसिरहेका छन्। तर ती एक अर्काभन्दा धेरै टाढा छैनन्। किम सेन्ट रेगिस् होटलमा छन् भने ट्रम्प आधा माइल पर रहेको शाङ्ग्रिलामा बसिरहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.