Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

एजेन्सी । फ्रेन्च ओपन टेनिसको उपाधि राफायल नाडालले जितेका छन् । विश्व नम्बर १ नाडालले अस्ट्रियाका डोमिनिक थिएमलाई सोझो सेटमा हराउँदै उपाधि जितेका हुन् । नाडालले ११ औँ पटक फ्रेन्च ओपनको उपाधि उचाले ।

३२ वर्षका नाडालले डोमिनिकलाई ६–४, ६–३ र ६–२ को सेटमा हराएका हुन् । उनको यो १७ औँ ग्राण्डसलाम उपाधि हो । उनी पुरुष एकलमा सबैभन्दा धेरै ग्राण्डसलाम उपाधि जित्ने रोजर फेडेरर भन्दा तीन उपाधि मात्रै पछि परेका छन् ।

कीर्तिमानी फेडेररले २० पटक ग्राण्डसलाम उपाधि जितेका छन् । २४ वर्षका डोमिनिकलाई हराएर उपाधि जितेपछि नाडालले आफ्नो सपना पूरा भएजस्तै लागेको बताए ।

नाडालको यो जितपछि पछिल्लो ६ ग्राण्डसलाम नाडाल वा फेडेररले जितेका छन् । नाडाल एउटै ग्राण्डसलाम उपाधि ११ पटक जित्ने इतिहासकै दोस्रो खेलाडी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.