Breaking News.... EverestOnlineKhabar
June 28, 2026

गुण्डा नाइके लामामाथि युएन पार्कमा गोली, लामाको बीर अस्पतालमा उपचार हुँदै

Loading

काठमाडौं । गुण्डा नाइके अशोक लामामाथि प्रहरीले काठमाडौंको युएन पार्कमा गोली प्रहार गरेको छ । महानगरीय अपराध महाशाखाबाट रेगुलर सर्च अप्रेशनमा खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएको जनाइएको छ ।

सातदोबाटोलाई आधार मानेर लामाले गुण्डागर्दी गर्दै आएका प्रहरीको दाबी छ । लामाको साथबाट एक थान पेस्तोल र दुई राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

लामाको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको छ । उनको वीर अस्पताल उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.