![]()
काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्यको हत्या अभियोगमा पूर्पक्षका लागि जेलमा रहेका चूडामणि उप्रेती ‘गोरे’, छिरिङ वाङ्देल गुरुङ र भुजुङ गुरुङलाई काठमाडौं ल्याईएको छ।
सम्पत्ति शुुद्धीकरण विभागले उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याएको हो। सरकारद्धारा गठित छानबिन समितीले पनि उनिहरुमाथी थप अनुसन्धान गर्ने छ।
सुन तस्करीका ठुला माछाबारे यी तीन जनाबाट केही खुल्न सक्ने समितीको विश्वास छ। तस्करीका अर्का लगानीकर्ता एमके अग्रवाल भने फरार छन्।
गृहको टोलीले गोरे, भुजुङ र छिरिङलाई सँगै राखेर अनुसन्धान गर्ने योजना बनाएको छ । भुजुङ र छिरिङ पनि लगानीकर्ता भएको बताइन्छ। गोरेले भने आफू व्यवस्थापन मात्र भएको बताउँदै आएका छन्।


