![]()
काठमाडौं । संघीय संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक संचालन सम्बन्धी कार्यबिधी पारित गर्न आह्वान गरिएको बैठक अचानक सूचना टाँस गरी स्थगित गरिएको हो ।
महासचिव मनोहरप्रसाद भट्टराईले अर्को सूचना जारी नभएसम्मका लागि बैठक विशेष कारण स्थगित भएको जानकारी गराएका हुन् ।


