Breaking News.... EverestOnlineKhabar
June 29, 2026

इटहरीको मुख्य बजार क्षेत्रमा आगलागी हुँदा करोडौंको क्षति…

Loading

इटहरी,जेठ ।
सुनसरी इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा गएराति आगलागी हुँदा अढाइ करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
राति ११ बजेर ३५ मिनेटमा इन्द्र फेन्सी स्टोरमा अकस्मात आगलागी हुँदा स्टोरमा रहेका बहुमूल्य लत्ताकपडालगायतका सबै सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । इटहरी, धरान, दुहवी र इनरुवा र विराटनगरबाट आएका बारुणयन्त्रको सहायताले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.