![]()
काठमाडौ,जेठ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादन केन्द्रमा छापा मारेका छन् । डीडीसीका उत्पादनहरु गुणस्तरहीन रहेको खबर प्रकाशमा आइरहेका बेला मन्त्री खनाल सोमबार यसबारे अनुगमन गर्न बालाजु औद्योगिक क्षेत्रमा रहेको डीडीसीको उत्पादन केन्द्रमा पुगेका हुन् ।
मन्त्रालयका अधिकारी, सञ्चारकर्मीको टोलीसहित आज बिहान पुगेका मन्त्री खनालले अहिले अनुगमन गरिरहेका छन् ।यसअघि मन्त्री खनालले कालीमाटी तरकारी बजारको पनि अनुगमन गरेका थिए ।


