Breaking News.... EverestOnlineKhabar
June 29, 2026

संसदको संयुक्त बैठक बस्दै,सभामुखको अध्यक्षता प्रस्ताव

Loading

काठमाडौ,जेठ ।
संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रावधानसहितको‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (सञ्चालन) नियमावली २०७५’ प्रस्ताव गरिएको छ।
उक्त प्रस्तावसहितको नियमावली आज अपराह्न १ः०० बजेका लागि बोलाइएको संघीय संसद्को संयुक्त बैठकमा पेश गरिँदैछ।
४४ दफा र ८ परिच्छेदसहितको प्रस्तावित नियमावलीमा संयुक्त बैठक, व्यवस्थापन कार्यविधि, जनमत संग्रह, संसदीय सुनुवाइ समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको व्यवस्था गरिएको छ।
नियमावलीमा अन्य संयुक्त समितिको कार्यविधि एवं अधिकारको व्यवस्था पनि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.