Breaking News.... EverestOnlineKhabar
June 28, 2026

सलाहले राष्ट्रपतिलाई दिए बिश्वकपको पहिलो खेलमै मैदान उत्रिने बचन

Loading

एजेन्सी । इजिप्टका विश्व चर्चित स्ट्राइकर मोहमद सलाहले आगामी शुक्रबार हुने विश्वकपको पहिलो खेलमा नै आफु टिममा फर्कने विश्वास राष्ट्रपति अब्देल फता अल सिसिलाई दिलाएका छन्। अाफ्नाे टिम रुस प्रस्थान गर्नुअघि राष्ट्रपतिसँग भेट गर्दै लिभरपुल स्टार सलाहले आफु पहिलो खेलबाट नै मैदानमा उत्रने बताए।

इजिप्टले पहिलो खेल आगामी शुक्रबार उरुग्वेविरुद्ध खेल्दैछ। सलाह च्याम्पियन्स लिग फाइनलका दौरान रियल म्याड्रिडका कप्तान रामोसले ट्याकल गर्दा काँघको चोट परी मैदानबाट बाहिरिएका थिए। कप्तान सलाहले पछिल्लो पटक डक्टरले दिएको फिटनेश उपलब्धिको जानकारीअनुसार पहिलो खेलबाट नै टिममा फर्कन सक्ने आशामा रहेको राष्ट्रपतिलाई जानकारी दिएका थिए।

यसअघिका रिपोर्टहरुमा सलाहले पहिलो खेल गुमाउने बताइएको थियो। तर, उनको रिकभरी निकै राम्रो भएको भन्दै पहिलो खेलमा फर्कने विश्वास इजिप्टले लिएको छ। राष्ट्रपतिसँगको कुराकानीमा निकै आत्माविश्वासी देखिएका सलाहले यकटेरनबर्गमा हुने उरुग्वेविरुद्धको खेलमा फर्कनेमा आफुलाई आश्वस्त पारे।

उनले राष्ट्रपतिसँग भने ‘म बाचा गर्छु, मैले आफ्नोतर्फबाट इजिप्टका जनताले देखेको सपनालाई पूरा गर्न सक्दो प्रयास गर्नेछु।’ उनले अहिले धेरै सहज महसुस गरिरहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.