Breaking News.... EverestOnlineKhabar
June 28, 2026

राष्ट्रियसभा नियमावली पारित, फौजदारी अभियोग लागि थुनामा रहेका सांसदहरुलाई निलम्बन नगर्ने पक्षमा सबै दलको सहमति

Loading

काठमाडौं  । राष्ट्रियसभा नियमावली-२०७५ सर्वसम्मतिले पारित भएको छ। राष्ट्रियसभाको आइतबार बसेको बैठकले राष्ट्रियसभा नियमावली-२०७५ सर्वसम्मतिले पारित गरेको हो।

बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले उक्त नियमावली पारित गरियोस् भनि प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ पेस गरेलगत्तै सर्वसम्मतिले पारित गरिएको हो।

फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहरुलाई निलम्बन नगर्ने पक्षमा सबै दलको सहमति भएपछि नियमावली सर्वसम्मतिले पारित भएको हो। नियमावलीमा फौजदारी अभियोग लागेका सांसदहरूको सेवा, सुविधा भने कटौति हुने स्पष्ट पारिएको छ।

संसदमा सरकारलाई जवाफदेही बनाउन प्रधानमन्त्री र मन्त्रीहरूले अनिवार्य जवाफ दिने बाध्यात्मक व्यवस्था पनि गरिएको छ। नियमावलीमा समितिको नेतृत्वमा ३३ प्रतिशत महिला अनिवार्य रहने व्यवस्था पनि गरिएको छ।

राष्ट्रियसभाको अर्को बैठक आगामी असार ३ गते आइतबार ११ बजे बस्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.