![]()
एजेन्सी । रुस विश्वकपको तयारीमा रहेको डेनमार्कले सहज जित निकालेको छ । डेनमार्कले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
ब्रोन्डबी रंगशालामा भएको खेलमा घरेलु टिम डेनमार्कले उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिकोमाथि जित निकालेको हो । अर्को मैत्रीपूर्ण खेलमा सर्वियाले बोलिभियालाई ५–१ गोलअन्तरले पराजित गरेको छ । सर्वियाले खेलको पहिलो हाफमा नै बोलिभियामाथि ४ गोल गरेको थियो । दोस्रो हाफमा भने सर्वियाले एक गोल थप्दा बोलिभियाले पनि १ गोल फर्काएको थियो ।
अर्को खेलमा मोरक्कोले इष्टोनियालाई ३–१ गोलअन्तरले पराजित गरेको छ भने स्वीडेनले पेरुसँग गोलरहित बराबरी खेलेको छ ।


