![]()
काठमाडौं । यातायात व्यवस्था विभागले मिटरमा जान नमान्ने ट्याक्शीलाई कारवाही गर्न सार्वजनिक सूचना जारी गरेको छ । विभागले काठमाडौं उपत्यकाभित्र सञ्चालित मिटरजडित ट्याक्सीको प्रयोग गर्दा गन्तव्य स्थानमा जान नमानेमा कारबाही गर्ने जनाएको हो।
कुनै ट्याक्शीले मिटरमा जान नमाने मोबाइल नम्बर ९८५१२७३२२२ मा फोन वा एसएम गरी खबर गर्न बिभागले आग्रह गरेको छ ।


