Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी  ।बलिउड अभिनेता सलमान खान निकै उदार दिलका छन् भन्ने गरिन्छ । केही समयअघि उनले आफ्नो फिल्म ‘ट्यूवलाइट’ फ्लप भएपछि वितरकहरुको ५० प्रतिशत रकम फिर्ता गरेका थिए ।

तर त्यो घटनाले सलमानलाई निकै पिरोलेको रहेछ । उनले हालै आफ्नो मनको भँडास पोखेका छन् । एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब यस्ता वितरकहरुसँग काम नगर्ने घोषणा गरे ।

‘लगातार १५ वटा फिल्म हिट हुँदा पैसा कमाए, जब एउटा फिल्म फ्लप भयो उनीहरु पैसा फिर्ता माग्न घरमै आए । यो कस्तो खालको व्यवसायिकता हो रु अब म यस्ता वितरकसँग जिन्दगी काम गर्दिन ।’ उनले भने ।

सलमानले अब आफ्नो फिल्म आफैं वितरण गर्ने भएका छन् । अब यदि फिल्म हिट भएको खण्डमा सबै कमाई आफ्नो हुने र फ्लप भएमा वितरकहरुलाई पैसा फिर्ता गर्नु नपर्ने उनको भनाई छ । उनको यस्तो घोषणाले वितरकहरु भने जिल्ल परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.