Breaking News.... EverestOnlineKhabar
June 26, 2026

रजनीकान्तको ‘काला’ प्रदर्शनमा, पोष्टरलाई दूधले नुहाइयो

Loading

एजेन्सी  । रजनीकान्त अभिनित फिल्म ‘काला’ बिहीबारबाट प्रदर्शनमा आएको छ।  फिल्म प्रदर्शनअघि भारतका समर्थकहरुले पोस्टरलाई दूधले नुहाएदिएका थिए। दर्शकहरुले फिल्म हलबाहिर दिपावलीझैं पटाका पड्काएर फिल्मको सुरुवाती शुभकामना दिएका थिए।

फिल्म सञ्चालन हुनुअघि विभिन्न हलमा दर्शकहरु नृत्य गर्दै रमाइरहेका देखिन्थे भने फिल्मको पहिलो शोका लागि आरतीसमेत उतारिएको थियो।

फिल्म प्रदर्शनका लागि रजनीकान्त स्वयं हलमा पुगेका थिए।

बिहान ४ बजेको पहिलो शोमा नै हलमा देखिएको भिडले ‘काला’को व्यापार सुखद रहने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.