Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । चीनका लागि अमेरिकाविरुद्ध जासुसी गर्ने प्रयास गरेको आरोपमा डिफेन्स इन्टेलिजेन्स एजेन्सी भनिने अमेरिकाको बाह्य गुप्तचरीय निकायका एक जना पूर्वकर्मचारीलाई पक्राउ गरिएको अमेरिकाले बताएको छ।

न्याय मन्त्रालयका अनुसार ५८ वर्षका रोन रक्वेल ह्यान्सेनलाई शनिवार हिरासतमा लिइएको थियो। उनी चीनतर्फ उड्नका लागि सियाटलको विमानस्थलतर्फ जान लागेका थिए। ह्यान्सेनले चीन सरकारको लागि जासुसी गरेबापत कम्तीमा आठ लाख डलर पाएको न्याय मन्त्रालयको दाबी छ।

तर चीनका एक सैन्य अधिकारीले ती टिप्पणीहरूलाई ‘गैरजिम्मेवार’ भनी खण्डन गरेका छन्।

अभियोग के हो?

उनीविरुद्ध सन् २०१३ देखि २०१७ सम्म निरन्तर अमेरिकी सैनिक र गुप्तचर गतिविधिसँग सम्बन्धित सम्मेलनहरूमा भाग लिएको र त्यसको जानकारी चीनस्थित सम्पर्क सूत्रलाई उपलब्ध गराएको लगायतका १५ वटा अभियोग छन्।

अमेरिकी सहमहान्यायधिवक्ता जोन डेमेर्सले ह्यान्सेनले राष्ट्रिय सुरक्षालाई धोका दिएको प्रतिक्रिया दिएका छन्। उनको पहुँच माथिल्लो तहका गोप्य जानकारीसम्म वर्षौँसम्म रहेको र उनले सन् २०१३ देखि २०१७ सम्म निरन्तर चीनको भ्रमण गरेको अमेरिकी न्याय मन्त्रालयको दाबी छ।

सियाटलमा न्यायाधीशसमक्ष केही बेर उपस्थित गराइएपछि उनी गृहराज्य युटाको साल्ट लेक सिटी फर्केर त्यहाँ नै अभियोगको खेप्न गर्न तयार भएका थिए।

जासुसीका अरू कस्ता मुद्दा छन्?

चिनियाँहरूका लागि जासुसी गरेको आरोपमा ह्यान्सनभन्दा अगाडि पनि फौजदारी अनुसन्धानका क्रममा पक्राउ अरू अमेरिकी अधिकारीहरू पक्राउ परेका छन्।

सीआईएका पूर्वअधिकारी जेरी चुन शिङविरुद्ध चीनका लागि राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारीहरू सङ्कलन गर्न षड्यन्त्र गरेको अभियोग यही महिना लगाइएको छ।

चीनलाई सूचना बेचेको अभियोग लागेका सीआईएका अर्का पूर्वकर्मचारी केभिन म्यालोरी अहिले भर्जिनियामा मुद्दा खेप्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.