![]()
एजेन्सी । अब केबुल, स्याटेलाइट र एन्टेना बिनै आफूलाई मन पर्ने दर्जनौं टेलिभिजन च्यानल हेर्न सकिने भएको छ । एड्भान्स टेलिभिजन सिस्टम्स कमिटी (एटीएससी) ले बनाएको टेलिभिजनमा यो सुविधा उपलब्ध छ ।
ब्रोडकास्टर्स, टिभी उत्पादनकर्ता र अन्य टेक कम्पनीहरुको अन्तर्राष्ट्रिय साझा संस्था हो, एटीएससी । उसले २५ वर्षअघि परिकल्पना गरेको फिचरयुक्त टेलिभिजन ल्याउन नसकेपनि १०८०आई/७२०पी क्षमतासहितको टिभी चाहिँ विगतमा बजारमा पस्किसकेको छ । कतिले यसलाई मन पराए/पराएनन्, त्यो आफ्नै ठाउँमा छ । तर उसको पछिल्लो उत्पादनले धेरैको मन जित्ने विश्वास लिएइको छ ।
सम्भवतः अर्को वर्ष यसलाई बजारमा उतार्ने तयारी छ । अल्ट्रा एचडी टिभीहरु जति तीब्र गतिमा विकास भइरहेको छन्, ‘फोरके’ त्यसको तुलनामा मन्द गतिमै छ । तर, अब ‘एटीएससी ३.०’ ल्याउनमा ढिलाई नहुने दाबी कम्पनीको छ । विज्ञान/प्रविधिबारे नयाँ–नयाँ जानकारी दिने ‘सिनेट डटकम’अनलाइनका अनुसार यहाँ प्रयोग गरिएको ‘३.०’ को अर्थ ‘२ बेटर देन १.०’ हो ।
‘एटीएससी ३.०’ लाई ‘नेक्स्ट जेन’ टिभी पनि भनिएको छ । तर, यो कछुवाको तालमा मात्रै अघि बढेकाले अर्को वर्ष मात्र आउने भएको हो । यसको परीक्षण विभिन्न स्टेसनमा गरिसकिएको छ । उच्च र लो स्टेसनहरुमा फोनिक्स र डलासलगायतका कम्पनीले पनि यसको परीक्षण गरिसकेको छ । परीक्षणबाट राम्रो परिणाम आएको ‘सिनेट डटकम’ मा उल्लेख छ ।
केबुल, स्याटेलाइटबाट लाइभ टिभी हेर्न रुची नभएकाहरुका लागि ‘एटीएससी ३.०’ एउटा बरदान सावित हुने दाबी निर्माताहरुको छ । केबुल नपुगेका क्षेत्र, खासगरी ग्रामीण क्षेत्रहरुका टिभी पारखीहरुले यसको उपयोग सजिलै गर्न सक्छन् । यो टिभीको रिजोलुसन राम्रो छ । अल्ट्रा एचडी, फोरके टिभीको सुखानुभूति गराउन सक्ने यसको डाइनामिक रेञ्ज पनि उच्च छ । ‘एटीएससी ३.०’ को रिफ्रेस रेट १२० हर्ज रहेकाले घर भित्रपनि राम्ररी बिना एन्टेनाको टिभी कार्यक्रमहरु हेर्न सकिनेछ ।
‘एटीएससी ३.०’ लाई फोनमा समेत जडान गरि हेर्न सकिन्छ । यसले केबुल, स्याटेलाइट टिभीलाई कुनै प्रभाव पार्दैन । यसमा प्रयोग गरिने एचडी टर्नरलको मूल्य अहिले ३० देखि ४० अमेरिकी डलर मात्र रहेकाले यो अन्य प्रविधियुक्त टेलिभिजनको तुलनामा केही सस्तो पनि हुने दाबी एटीएससीको छ ।
यसले एन्टेनामा आधारित टेलिभिजनलाई विस्थापित गर्ने निश्चित छ ।


