![]()
काठमाडौं । सांसद प्रेम सुवालले ३३ किलो सुन प्रकरणमा प्रधानमन्त्री नै ठूला माछा त होइनन्? भन्दै प्रश्न खडा गरेका छन्। प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका तर्फबाट निर्वाचित सांसद सुवालले यस्तो प्रश्न उठाएका हुन्।
‘सभामुख महोदय अर्थमन्त्री भएका बेला भन्नु भएको म त भुरा मात्र हुँ। धेरै ठूला माछा छन् यसमा। समयक्रममा बाहिर आँउछ। अहिले यो विषय सामाजिक सञ्जालमा पुनः छाएको छ। मन्त्रीको ठूलो माछा प्रधानमन्त्री नै त होला नि? भन्ने प्रश्न उठिरहेको छ।
प्रहरी भन्दा चोर अगाडि बढ्नु पुजिवादी गणतन्त्रकै कारण भएको भन्दै सांसद सुवालले भारतमा ७० वर्ष देखिएको यो प्रवृति नेपालमा गणतन्त्र स्थापना भएको १० वर्षमा नै देखिएको बताए।
उनले नेपाली पानी जहाज र नेपालमा रेल कुदाउनु ठूलो कुरा नभएको भन्दै बालुवाटारलाई ठगहरुबाट जोगाउनुपर्ने बताए।


