Breaking News.... EverestOnlineKhabar
June 25, 2026

नेकपामा दुई सोझा नेता अमृत बोहरा र अमिक शेरचनलाई ‘माइनस’ : पार्टीमा दन्कियो असन्तोषको आगो

Loading

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टीमा वरियताको बिषयलाई लिएर वरिष्ठ नेता झलनाथ खनालले बालेको असन्तुष्टिको आगोले सिंगो पार्टीलाई खरानी बनाउने स्थिति पैदा भएको छ । स्वास्थ्य उपचारका लागि आफू चीन भ्रमणमा रहेकाबेला आफूमाथि अमानविय र अन्यायपूर्ण व्यवहार भएको भन्दै खनालले असन्तुष्टि पोखेपछि तत्कालिन एमालेका उपाध्यक्ष भीम रावल, युवराज्ञ ज्ञवाली र महासचिव ईश्वर पोखरेलले पनि आफनो असन्तुष्टि सार्वजनिक गरेका थिए ।

पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले नेता रावल र पोखरेललाई थामथुम पार्न खोजेपनि खनाल र ज्ञवालीका बिषयमा कुनै निर्णय गर्न सकेका छैनन । पार्टी केन्द्रीय सचिवालय बैठकमा खनाल रन्किएपछि आत्तिएका ओली र दाहालले पछि छलफल गर्ने बचन दिएपनि त्यसबारे अहिलेसम्म छलफल हुन सकेको छैन ।

पार्टी भित्रको विवाद घट्नुकोसट्टा झनझन बढ्न थालेको छ । पत्रकार कृष्णसेन इच्छुको स्मृतिमा होटेल हार्दिक बागबजारमा आयोजित कार्यक्रममा युवा नेता योगेश भट्टराईले अध्यक्ष दाहाललाई सबैलाई समेटेर नगए दुर्घटना हुने चेतावनी दिइसकेका छन ।

विवाद यतिमा मात्र सिमित भएन । हुँदाहुँदा पार्टीमा निकै भलादमी र सोझा भनेर चिनिएका अमृत बोहरा र अमिक शेरचना पनि बिक्षिप्त भएका छन । उनीहरुले पार्टीको विधान र केन्द्रीय कमिटीको संरचनाप्रति आपत्ति जनाउँदै लिखित असहमति राखेका छन् ।

तत्कालिन एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्षमा निर्वा्चित भएका बोहराले आफूलाई केन्द्रीय कमिटीबाट हटाइनुको कारण मागेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखी ‘तपाईसँगै महाधिवेशनको हलबाट निर्वा्चित म आज किन केन्द्रीय कमिटीबाट हटाइएँ ?’ भनी प्रश्न सोधेका छन् ।

बोहरा महाधिवेशनमा केशव बडाललाई अनुशासन आयोगको अध्यक्षमा पराजित गरि विजयी भएका थिए । तत्कालिन नेकपा माले र पछिल्लो एमालेका संस्थापक नेता बोहरा माधव नेपाल महासचिव हुँदासम्म दोस्रो वरियताका नेता थिए ।

बोहराले आफू महाधिवेशनबाट निर्वा्चित केन्द्रीय सदस्य, अनुशासन आयोगको अध्यक्ष र पदेन स्थायी कमिटी सदस्य रहेकाले आमन्त्रित सदस्य नबन्ने प्रष्ट पारेका छन् । उनले पार्टीको विधानसमेत बिगारिएको भन्दै आपत्ति जनाएका छन् ।

विधानमा अनुशासन आयोगलाई केन्द्रीय कमिटीले कारवाही गर्न सक्ने जस्ता आपत्तिजनक बुँदाहरु राखिएको र धेरै ठाउँमा मनपरी गरिएकाले आफूले असहमति जनाएको बोहराले बताए । केही नेतालाई बलियो बनाउने गरी विधान लेखिएको उनको आरोप छ ।

उता तत्कालिन माओवादी केन्द्रका अनुशासन आयोग अध्यक्ष अमिक शेरचनले पनि स्थायी आमन्त्रित सदस्यमा अहसमति जनाएका छन् । उनले पनि आफू हेटौंडा महाधिवेशनबाट आयोगको अध्यक्षमा निर्वा्चित भएकाले निर्वा्चित केन्द्रीय सदस्यको हैसियतमा रहनुपर्ने बताएका छन् ।

असहमतिका कारण नेकपाले निर्वाचन आयोगमा बुझाएको माइन्युटमा अमृत बोहरा,अष्टलक्ष्मी शाक्य, अमिक शेरचनले हस्ताक्षर गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed