Breaking News.... EverestOnlineKhabar
July 7, 2026

सरकारले ल्याएको नीति तथा कार्यक्रम कम्युनिष्टहरुको चुनावी घोषणापत्र जस्तो कांग्रेसको निष्कर्ष, संशोधन प्रस्ताव दर्ता

Loading

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले संसदमा प्रस्तु गरेको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएको छ । नीति तथा कार्यक्रम परम्परावादी भएको तथा कम्युनिष्टहरुले सर्वसत्तावाद लाद्न ल्याएको भन्दै काँग्रेसले असन्तुष्टि जनाएको हो । काँग्रेसले संसद सचिवालयमा नीति तथा कार्यक्रममाथि संशोधन समेत दर्ता गराएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संशोधन दर्ता गराउने निर्णय गरेको हो । संशोधन दर्ता गर्नुअघि काँग्रेसले संसदीय दलमा विज्ञहरुसँग सरकारको नीति तथा कार्यक्रमको समिक्षा गरेको थियो ।

पूर्व अर्थमन्त्री एवं काँग्रेस नेता डा.रामशरण महत, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत एवं काँग्रेस नेता डा. गोविन्द पोखरेल र सांसद एवं उद्योगपति विनोद चौधरीले नीति तथा कार्यक्रमका विषयमा समिक्षा प्रस्तुत गरेका थिए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम कम्युनिष्टहरुको चुनावी घोषणापत्र जस्तो भएको नेताहरुले धारणा राखेका थिए । देश र जनताको हितका लागि नयाँ कुरा केही पनि नआएको बैठकमा नेताहरुले टिप्पणी गरेका थिए ।

सभापति शेरबहादुर देउवाले पनि सरकारको नीति तथा कार्यक्रममाथि तीब्र असन्तुष्टि जनाएको बताइएको छ । उनले यसमा सुधार्नु पर्ने पक्ष धेरै रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.