Breaking News.... EverestOnlineKhabar
July 8, 2026

डोटीको एक होटलमा बास बसेका आमा–छोरी मृत फेला

Loading

डोटी,जेठ ।
डोटी सदरमुकाम सिलगढीमा रहेको एक होटलमा आमा र छोरी मृत अवस्थामा फेला परेका छन् । स्थानीय सृजना होटलमा बास बसेका चुरे गाउँपालिका–१, कैलालीकी २४ वर्षीया शोभा साउद र उनकी १८ महिनाकी छोरी करुणा मृत अवस्थामा फेला परेका हुन।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले छोरी करुणा वेडमा र आमा शोभा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए । सडकमा पेटी ठेक्का लिँदै आएका शोभाका २६ वर्षीय श्रीमान् प्रेमबहादुर साउदसँगै आमा–छोरी होटलमा बसेका थिए । रातिसँगै सुतेका प्रेमले बिहान करिब चार बजे आफ्नो श्रीमती र छोरी मृत अवस्थामा फेला परेको भन्दै प्रहरीमा खबर गरेका थिए ।
प्रहरी नायव उपरीक्षक शर्माका अनुसार मृतक महिलाका माइतीलाई खबर गरिएको र यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.