Breaking News.... EverestOnlineKhabar
July 8, 2026

इरानमा प्रतिवन्ध लगाउने अमेरिकी घोषणापछि इरानको प्रतिक्रियाः‘अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्नेछ’

Loading

एजेन्सी,जेठ ।
हालसम्मकै कडा प्रतिवन्ध लगाउने अमेरिकाको घोषणाप्रति इरानले कडा शव्दमा आलोचना गरेको छ । प्रतिवन्ध लगाएमा अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी इरानले दिएको छ । इरानका राष्ट्रपति हसन रुहानीले इरान र विश्वका लागि निर्णय गर्ने अधिकार अमेरिकालाई नभएको बताएका छन् ।
यसैगरी, इरानका विदेशमन्त्री जवाद जरिफले अमेरिका असफल नीतिहरुको बन्दी बनेको टिप्पणी गर्दै नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । युरोपेली संघ (ईयू) को विदेश नीति प्रमुख फेडरिका मोग्रिनीले पनि अमेरिकाको आलोचना गरेकी छन् । उनले सन् २०१५ को इरान परमाणु सम्झौताको विकल्प नभएको बताएकी छन् ।
यसअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले इरानको आक्रामक रवैया रोक्नका लागि भन्दै बिभिन्न १२ शर्तहरु सार्वजनिक गरेका थिए र इरानले त्यसको पालना नगरे हालसम्मकै कडा प्रतिवन्ध भोग्नुपर्ने चेतावनी दिएका थिए । शर्तहरुमा सीरियाबाट आफ्ना फौज फिर्ता बोलाउनेदखि यमनमा विद्रोहीलाई समर्थन नगर्नेसम्म छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.