Breaking News.... EverestOnlineKhabar
July 7, 2026

उद्योग मन्त्री यादव उपचारका लागि थाइल्याण्ड प्रस्थान, यादवको टाउको र कम्मरमा समस्या

Loading

काठमाडौं । लामो समयदेखि टाउको र कम्मरको समस्याबाट पीडित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव थप उपचाका लागि थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।

काठमाडौं नर्भिक अस्पतालमा उपचार गराउँदै आउनु भएका मन्त्री यादव अस्पतालका डाक्टर पंकज जलान र जीपी जयसवालको सुझावमा थाइल्याण्ड जानु भएको हो ।

यादवको टाउको र कम्मरमा समस्या छ । पछाडितिर टाउको अति नै दुख्न थालेपछि मातृकालाई अस्पताल भर्ना गरिएको थियो ।
मन्त्री यादवको साथमा उनकी श्रीमती पनि साथै थाइल्याण्ड गएकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.