![]()
काठमाडौं । अखिल (क्रान्तिकारी)ले मंगलबार ५४औं बिद्यार्थी एकता दिवस मनाएको छ । क्रान्तिकारीले २०२१ सालमा पञ्चायतलाई घुँडा टेकाउन बिद्यार्थीहरुले खेलेको भूमिकाको सम्झना गर्दै ‘विद्यार्थी आन्दोलन हिजो, आज र भोलि’ नामक बिचार गोष्ठि गरी बिद्यार्थी संगठनको भूमिका अझ बढेको आवश्यकता दर्शाएको हो ।
गोष्ठीमा एमाले सचिव योगेश भट्टराई, माओवादी नेता हितमान शाक्य, कांग्रेस नेता गुरुराज घिमिरे, सांसद् नवीना लामा, नेबिसंघ अध्यक्ष नैनसिंह महर, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल, लेखनाथ न्यौपाने लगायतले आ–आफनो धारणा राखेका थिए ।
वक्ताहरुले बिद्यार्थी संगठनहरु बिद्यार्थीका महत्वपूर्ण मुद्दा भन्दा अन्य मुद्दामा बढी केन्द्रीत भैरहेकोमा चिन्ता व्यक्त गरेका थिए । बिद्यालय तथा उच्चस्तरीय शिक्षा, शिक्षाका नाममा भैरहेको ब्यापार, अभिभावकमाथिको लुट, महङ्गी, अराजकता, शैक्षिक गुणस्तर लगायत राष्ट्रिय मुद्दामा बिद्यार्थी संगठनहरुले निर्णायक कदम चाल्न नसकेको वक्ताहरुले बताएका थिए ।
बिचार गोष्ठीमा सहभागी बिद्यार्थी नेताहरुले आ–आफना कमी कमजोरी सुधार गर्दै अघि बढने प्रतिबद्धता जनाएका थिए ।
गोष्ठीमा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जेठ १ गते २०२१ सालमा पञ्चायतलाई घुँडा टेकाएको दिन भएको स्मरण गर्दै राष्ट्रियता, जनतन्त्र, जनजिविका र समाजबादी शिक्षा प्राप्तिको लागी सबै बिद्ययार्थीहरु संकल्पबद्ध बन्न जरुरी रहेको बताए ।


