Breaking News.... EverestOnlineKhabar
July 7, 2026

प्रचण्ड र माधवलाई जुधाउने ओलीको योजना असफल, आशंका मेटाउन नेपाल र दाहाल छलफलमा

Loading

काठमाडौं । प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी ओलीको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव नेपाललाई जुधाएर राजनीतिक लाभ लिने योजना असफल भएको छ । ओलीले दुवै नेतालाई एकीकृत पार्टीको अध्यक्ष बनाउने आश्वासन दिंदै सरकार निर्माण, राष्ट्रपति चयन र पार्टी एकताका बिषयमा लाभ लिइरहेका थिए । यसले नेता नेपाल र प्रचण्डबीच पनि दूरी बढाउन उनी सफल भएका थिए । ओलीको जुधाउने खेल बुझेपछि नेता दाहाल र नेपाल ओलीसंग रुष्ठ भएका छन ।

प्रधानमन्त्री ओलीप्रतिको तिक्तता नेता नेपालले सार्वजनिकरुपमै पोख्न सुरु गरिसकेका छन । उनले ओलीको कार्यशैली र हेपाहा प्रवृतिको बिरोध गर्न थालिसकेका छन । उता, दाहालले पनि सार्वजनिक कार्यक्रम, पार्टीका आन्तरिक बैठकमा मात्र होइन संसदमा समेत बिरोध गराइसकेका छन । सोमबारको संसद बैठकमा प्रवक्ता पम्फा भुषालले सरकारका गतिविधि र शैलीप्रति गम्भीर असहमति प्रकट गरेकी थिइन् ।

यसैबीच, मंगलबार दाहाल र नेपालबीच भेटवार्ता भएको छ । आपसी तिक्तता मेटी नयाँ ढंगले अघि बढन दुवै नेता छलफलमा बसेका हुन ।
ललितपुरस्थित एमाले वैदेशिक मामिला विभागको कार्यालय, तुल्सीलाल स्मृति भवनमा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई पार्टीबीचको पार्टी एकीकरणका विषयमा छलफल भएको बताइएपनि ओलीको आलोचनामा बढी समय खर्च भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.